खेल

आयोजकको विजयी सुरुआत

आयोजक वसुन्धरा नेसनल एकेडेमी (बिएनए) ले छैटौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बुधबार विजयी सुरुआत गरेको छ।

वसुन्धरास्थित घरेलु कोर्टमा बिएनएले ह्वाइट माउन्टेनलाई २४–१४ ले पराजित गर्यो। बिएनएकी स्मृति खत्रीले १२ अंक जोडिन्। सिनियर गल्र्सकै अन्य खेलमा नेपाल मोडेलले स्किब्सलाई १८–८, पृथ्वीले ग्रिनल्यान्डलाई २८–१६ र एचएचसिएले फेरिल्यान्डलाई २०–१२ ले हराए। नेपाल मोडेलकी चुनिमा गुरुङले ८, पृथ्वीकी बबिता घिमिरेले १४ र एचएचसिएकी प्रमिता लामाले ६ अंक जोडे। जुनियर ब्वाइजमा पनि बिएनएले जितका साथ यात्रा प्रारम्भ गरेको छ। बिएनएले पारामाउन्टलाई १८–८ ले पाखा लगायो। बिएनएका दीपेश पण्डितले ८ स्कोर गरे।

जुनियर ब्वाइजमै फेरिल्यान्डले एचएचसिएलाई २४–१२ तथा ओडिसी इन्टरनेसनल एकेडेमीले सिद्धार्थ मोडेललाई १६–१० ले पन्छाए। फेरिल्यान्डका तेनिल खत्रीले १० तथा ओडिसीका मुकेश शर्माले ८ अंक बटुले। सिनियर ब्वाइजको थ्री बाइ थ्रीमा नेपाल मोडेलले ओडिसीलाई १५–११ तथा पृथ्वीले स्काइलार्कलाई १४–११ ले पराजित गरे। प्रतियोगिताको टोखा नगरपालिकाअन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बाबुराम गौतमले एक कार्यक्रमबीच उद्घाटन गरे। सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२ टोली सहभागी छन्। फाइनल जेठ २ गते हुनेछ।

 

प्रकाशित: २८ वैशाख २०८० ०१:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App