खेल

सरकारले क्रिकेट खेलाडीलाई जनही ६ लाख पुरस्कार दिने

सरकारले एसिसी प्रिमियर कपको उपाधि जितेका नेपाली क्रिकेट खेलाडीहरूलाई जनही ६ लाख रुपैयाँका दरले पुरस्कार दिने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले क्रिकेट खेलाडी र प्रशिक्षकलाई जनही ६ लाख र राष्ट्रिय क्रिकेट टिमका अफिसियललाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

मंगलबार भएको फाइनलमा यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप विजेता बनेर एसिया कप क्रिकेटमा छनोट भएको थियो।

प्रकाशित: २० वैशाख २०८० ०७:१४ बुधबार

नेपाली क्रिकेट एसिसी प्रिमियर कप