खेल

क्रिकेट क्रेजः छाता ओढेर खेलको प्रतिक्षा गर्दै दर्शक

तस्वीर साैजन्यः क्यान

एसिसी प्रिमियर कपको फाइनल खेलमा नेपाल र यूएईबीचको खेल वर्षा कारण फेरि रोकिएको छ। जारी खेलको पहिलो इनिङमा यो दोस्रो पटक वर्षाले खेल अवरुद्ध भएको हो।  

पहिलो पटक खेलको १६ औंभर सकिँदा वर्षा भएपछि खेल रोकिएको थियो। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले २७ दशमलव ३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा दोस्रो पटक पुनः वर्षाको कारण खेल रोकिएको हो।  

अहिले त्रिवि मैदानमा वर्षा भइरहेको छ। वर्षा जारी भएकाेले खेल पुनः हुने/नहुने अनिश्चित बनेकाे छ। तर पनि दर्शकमा क्रिकेट माेह लाेभै लाग्ने गरी देखिएकाे छ। दर्शकहरू धैर्यतापूर्वक खेल सुरू हुने प्रतिक्षामा छन्।  वर्षाका बीच पनि घरेलु दर्शकले खेल पुनः सुचारु हुने आशमा मैदान छोडेका छैनन्। उनीहरु पानीबाट जोगिन छाताको साहारामा खेल कुरिरहेका छन्। 

यूएईको नवौं विकेट पतन हुँदा वर्षा भएपछि त्रिवि क्रिकेट मैदान फेरि त्रिपालले ढाकिएको छ। ताजा अवस्थामा २७ दशमलव ३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको छ। 

हेर्नुस् तस्वीरमाः

प्रकाशित: १८ वैशाख २०८० ०७:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App