खेल

दृष्टिविहीन विश्वकप क्रिकेटःनेपाल र इङ्ग्ल्यान्ड भिड्ने

काठमाडौं— भारतमा जारी दृष्टिविहीन विश्वकप टि–ट्वन्टी क्रिकेट प्रतियोतिगताअन्तर्गत नेपालले आफ्नो सातौँ खेलमा मङ्गलबार इङ्ग्ल्यान्डको सामना गर्ने भएको छ। 

भारतको बेङ्लोरमा हुने खेलमा नेपालले विजय लक्ष्यका साथ इङ्ग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले यसअघि खेलेको छ खेलमा एक खेलमा मात्र जित हासिल गरेको छ। 

नेपाल दक्षिण अफ्रिकासँग छ विकेट, बङ्गलादेशसँग ५९ रन र अस्ट्रेलियासँग १० विकेटले पराजित भयो। त्यसैगरी वेष्ट इन्डिजसँग ४३ रन, पाकिस्तानसँग १० विकेट तथा श्रीलङ्कासँग १३१ रनको भारी अन्तरले नेपाल पराजित भएको थियो। प्रतियोगितामा १० टोलीको सहभागिता छ। 

प्रकाशित: २४ माघ २०७३ १४:१४ सोमबार

दृष्टिविहीन विश्वकप क्रिकेटःनेपाल इङ्ग्ल्यान्ड भिड्ने