खेल

जयरामको उत्कृष्ट प्रदर्शन

काठमाडौं- ५ अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गर्दै जयराम श्रेष्ठ सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन शीर्ष स्थानमा पुगे। रोयल नेपाल गल्फ क्लबमा बुधबार ३६ होल समाप्तीमा जयरामले ७ अन्डर १ सय २९ स्कोर गरे। जयरामले प्रतियोगिताको पहिलो दिन २ अन्डर ६६ स्कोर गरे। ६ अन्डर १ सय २० स्कोर गरेका सञ्जय लामा प्रतियोगिताको दोस्रो स्थानमा छन्।

व्यावसायिक खेलाडीको शीर्ष वरियतामा पर्ने शिवराम श्रेष्ठ र भुवन नगरकोटीले दोस्रो दिन २ अन्डर १ सय ३४ स्कोर गरे। धनबहादुर थापा पाँचौं स्थानमा छन्। उनले ५ अन्डर १ सय ३७ स्कोर गरे। १ सय ४० को प्रदर्शन गर्दै सातौं स्थानमा संयुक्त रुपमा रहेका रामकृष्ण श्रेष्ठले ७३, रबि खड्काले ६९ र विकास अधिकारीले ६५ स्कोर गरे। प्रतियोगितामा २२ व्यावसायिक खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगितामा दीपक, प्रदिपकुमार, पशुपति शर्मा, सूर्यप्रसाद शर्मा, प्रशन्न उप्रेती, दिपेन्द्र रायमाझी, पर्वतकुमार राजवाहक, सचिनप्रसाद भट्टराई, आशिष परियार, कृष्णमान राजवाहक, शिवराम पौडेल र बलभद्र राईले अर्को चरणमा स्थान बनाएका छन्। यसैगरी ६ एमेच्योर खेलाडीले पनि अर्को चरणमा स्थान सुरक्षित गरे।

 

प्रकाशित: २८ पुस २०७३ ०३:२१ बिहीबार

जयरामको उत्कृष्ट प्रदर्शन