खेल

मेसीको उत्कृष्टताको राज

पेरिस– पेप ग्वार्डिओलाले बार्सिलोनामा रहँदा मध्यरातभन्दा अघि यौन कार्यमा रोक लगाउँदै विश्वका सर्वोत्कृष्ट खेलाडी लियोनेल मेसीबाट उत्कृष्ट प्रदर्शन सम्भव गराएको समिर नासरीले दावी गरेका छन् ।

तौल बढाएको आरोपमा म्यानचेस्टर सिटीका नयाँ प्रशिक्षक ग्वार्डिओलाले नासरीलाई लोनमा सेभिया पठाएका छन् । स्पेनमा पुनः उच्च फर्म समाउने प्रयासमा रहेका नासरीले ग्वार्डिओलाको कार्यशैलीवारे बोल्ने क्रममा भने, ‘उनले खेलाडीलार्य जहिले पनि यौन सम्पर्क राख्ने हो भने मध्यरातभन्दा अगाडि राख्न भन्थे । खेलाडीले रातमा मस्तसँग सुत्नुपर्छ भन्ने उनको मान्यता थियो ।’

नासरीका अनुसार ग्वार्डिओला स्वयमले मेसीलाई यस्तो सुझाव दिएको बताएका थिए । आफ्नो त्यही सुझाव मानेका कारण मेसीले बार्सिलोनामा तत्कालिन अवस्थामा घाइते नभइकन राम्रो प्रदर्शन गर्न सफल भएको ग्वार्डिओलाको दावी रहेको फ्रान्सेली अन्तर्राष्ट्रिय स्टार नासरीले बताए । बार्सिलोनापछि जर्मन बुन्डेसलिगाको बायर्न म्युनिखको नेतृत्व लिन पुगेका ग्वार्डिओलाले त्यही सुझाव नमानेका कारण रोबर्ट लेवान्डोवस्कीलाई बेन्चमा राखेको चर्चा पनि थियो ।
यसैबीच मेसीले स्पेनिस महारथी बार्सिलोनासँग २०१८ मा वर्तमान सम्झौता अवधि सकिएपछि नवीकरण नगर्ने बताएको स्पेनिस खेलकुद दैनिक मार्काले मंगलबार जनाएको छ ।

 

प्रकाशित: १ मंसिर २०७३ ०५:२२ बुधबार

मेसीको उत्कृष्टताको राज