खेल

एएफसी सोलिडारिटी कपको उपाधि नेपाललाई

विजेता नेपाली टोली

काठमाडौं-  नेपालले मकाउलाई हराउँदै एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको छ। मलेसियाको कुचिङस्थित सारावाक रंगशालामा भएको खेलमा नेपालले मकाउलाई १-० गोलअन्तरले पराजित गर्दै उपाधि चुम्यो।

नेपाललाई उपाधि दिलाउने एकमात्र गोल खेलको २९ औं मिनेटमा सुजल श्रेष्ठले हेड मार्फत गरे।

यो नेपाल र मकाउबीचको यो छैटौं भेट हो। यसअघि दुर्इ देशबीच भएको ५ खेलमा नेपालले ३ मा जित, १ मा बराबरी र अर्को १ मा हार व्यहोरेको थियो। एएफसी सोलिडारिटी कप अन्तर्गतको सेमिफाइनल खेलमा नेपालले लाओसलार्इ ट्राइ बेकरमा ३–० गोल अन्तरले पराजित गरेको थियो।

खेलको समाप्तिपछि जापानी प्रशिक्षक ग्याटुको कोजीले अाजको परिणाम सुधारात्मक भएको बताए। 'खेलमा धेरै गल्तीहरु पनि भए। यसबाट हामीले फेरि एउटा प्रशिक्षण सुरुवात छिटै गरेर हामी ती गल्तीहरु सुधार्नुपर्छ। अाजको जित चाहिँ पक्कै प्रभावशाली छ', उनले भने।

 

प्रकाशित: ३० कार्तिक २०७३ १३:२६ मंगलबार

एएफसी सोलिडारिटी कपको उपाधि नेपाललाई