खेल

पोर्चुगल र बेल्जियम विजयी

लिस्बन–विश्वकप छनोट चरण अन्र्तगत आइतबार राति सम्पन्न खेलमा पोर्चुगल र बेल्जियम विजयी भएका छन्। समूह बि अन्र्तगतको खेलमा पोर्चुगलले लात्भियालाई ४–१ गोल अन्तरले पराजित गरेको हो।  पोर्चुगलको जितमा उसका कप्तान क्रिस्टियानो रोनाल्डोले खेलको २८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै आफ्नो टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए।

६७ औं मिनेटमा लात्भियाका जुजिन्सले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । तर त्यसको दुई मिनेटपछि नै पोर्चुगलका र्कावालोले गोल गर्दै आफ्नो टोलीलाई २– को अग्रता दिलाएका थिए। त्यस्तै रोनाल्डोले खेलको ८५ औं तथा र्बुनो आल्भेसले अतिरिक्त समयको दोस्रो मिनेटमा गोल गर्दा पोर्चुगलले ४–१ को सहज जित हात पारेको थियो।

समूह बि अन्र्तगतको अर्को खेलमा स्विजरल्याण्डले फ्रोनो आइसल्याण्डलाई २–० ले पराजित गरेको छ। यस जितसँगै पोर्चुगल ९ अंकसहित समूहको दोस्रो स्थानमा रहेको छ भने स्विजरल्याण्ड समूहको शिर्ष स्थानमा रहेको छ।

गए राति सम्पन्न समूह एच अन्तर्गतको खेलमा बेल्जियमले इस्टोनियालाई ८–१ गोलको भारी अन्तरले पराजित गरेको छ । उसको जितमा लुकाकु र मेर्टिन्सले समान दुई दुई तथा इडेन हेजार्ड, म्युनेर, कारास्को र काल्भानले समान एक एक गोल गरेका थिए। इस्टोनियाका एनियरले सान्त्वना गोल गरेका थिए।

त्यस्तै समूह एचको अर्को खेलमा ग्रिस बोस्निया एण्ड हर्जगोभिनासँग एक एक गोलको बराबरीमा रोकिएको छ। यस जितसँगै बेल्नियम ४ खेलबाट १२ अंकसहित समूहको शिर्ष स्थानमा रहँदा ग्रिस समान खेलमा १० अंकसहित दोस्रो स्थानमा रहेको छ। गए राति सम्पन्न अन्य खेलमा गर्दा हंगेरीले एडोरालाई ४–०ले र नेदरल्याण्स्ले लक्जम्बर्गर्ला ३–१ ले पारजित गरेको छ।
 

 

प्रकाशित: २९ कार्तिक २०७३ ०७:१९ सोमबार

पोर्चुगल बेल्जियम