खेल

नेपाल लाओसलाई पराजित गर्दै एएफसी सोलिडारिटी कपको फाइनलमा प्रवेश

काठमाडौं– नेपाल एएपफसी सोलिडारिटी कप फूटवलको फाइनलमा प्रवेश गरेको छ। मलेसियामा जारी एएफसी सोलिडारिटी कपको पहिलो सेमिफाइनल खेलमा नेपालले लाओसलार्इ ट्राइबेकरमा ३–०ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो।

कुचिङस्थित नेगेरी स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटमा समेत नेपाल र लाओसले २–२ गोलको बराबरी खेलेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो। ट्राइबेकरमा नेपालका हेमन गुरुङ, विक्रम लामा र सुजल श्रेष्ठले गोल गर्दा लाओसको ३ ओटै प्रहार नेपालका गोलकिपर किरण चेमजोङले विफल बनाइदिएका थिए।

यसअघि पहिलो हाफको १८ औं मिनेटमा लाओसका चाम्पा थोङले गोल गर्दै आफ्नो टोलीलार्इ पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए। तर, दोस्रो हाफ शुरू भएको दोस्रो मिनेटमा नै नेलाले गोल गर्दे खेललार्इ एक एक गोलको बराबरीमा ल्याएको थियो । नेपालका लागि बिमल घर्ती मगरले भरत खवासको पासमा हेडरमार्फत गोल गरेका थिए।

खेलको १०४ औं मिनेटमा नेपालका मिनेटमा नेपालका अनन्त तामाङले हेमन्त गुरूङको पासमा गोल गर्दै नेपाललार्इ २–१ को अग्रता दिलाएका थिए। तर, लाओसका चाम्पा थोङले ११७ औं मिनेटमा हेडरमार्फत गोल गर्दै पुन आफ्नो टिमलाई बराबरीमा पु¥याएका थिए।

नेपालले उपाधिका लािग ब्रुनाइ र मकाउबीच हुने दोस्रो सेमिफाइनलको विजेता टिमसँग प्रतिस्पर्धा गर्ने छ।

प्रकाशित: २७ कार्तिक २०७३ ११:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App