खेल

आयोजक सेमिफाइनलमा

आयोजक पिस प्वाइन्ट ३ सय ६१ डिग्री पाँचौं पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताअन्तर्गत आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ।

लिबर्टीबाट वाकओभर पाउँदै पिस प्वाइन्टले सेमिफाइनलमा स्थान बनाएको हो। सानो गौचरनमा भइरहेको प्रतियोगितामा सिद्धार्थ वनस्थली, नेपाल तारा र छहारी पनि सेमिफाइनलमा पुगे। सिद्धार्थ वनस्थलीले प्रस्फुटनलाई ४-० गोलले हरायो। सिद्धार्थका अंकित तामाङ, रमित भण्डारी, विजय मराठा र दीप भट्टराईले गोल गरे।

नेपाल ताराले नोबेल एकेडेमीमाथि ५-० को सहज जित दर्ता गर्‍यो। भुवन श्रेष्ठ एक्लैले ४ गोल गरे भने बाँकी १ गोल सुवास लामाको नाममा रह्यो। छहारीले क्याम्ब्रिजलाई ८-० को फराकिलो गोलअन्तरले पाखा लगायो। छहारीका निशान तामाङले ३, सन्देश पाख्रिनले २ र रूपेश दाहालले १ गोल गरे। दुई गोल आत्मघाती रह्यो। सेमिफाइनलमा छहारीको भेट सिद्धार्थ वनस्थलीसँग हुनेछ भने नेपाल ताराले पिस प्वाइन्टविरुद्ध खेल्नेछ। सेमिफाइनल सोमबार हुनेछ।

प्रकाशित: १५ फाल्गुन २०७९ ०१:३२ सोमबार

सानो गौचरनमा भइरहेको प्रतियोगिता सेमिफाइनल सोमबार