खेल

फिफा वरियतामा नेपाल १ सय ८६औं स्थानमा यथावत

काठमाडौं- विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ फिफा वरियतामा नेपाल १ सय ८६औं स्थानमा यथावत रहेको छ। फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियता क्रममा नेपाल १ सय ८६औ स्थानमा यथावत रहेको हो।

दक्षिण एसियाली मुलुकमा पनि नेपाल चौथो स्थानमा यथावत छ। भारत ११ स्थान सुधार गर्दै १ सय ३७ स्थानमा रहँदै दक्षिण एसियाली राष्ट्रमध्ये शीर्ष स्थानमा रहँदा ७ स्थान सुधार गरेको माल्दिभ्स भने १ सय ५८औं स्थानमा उक्लदै दोस्रो स्थानमा छ।

त्यस्तै १० स्थान सुधार गरेको भुटान १ सय ७९औं स्थानमा रहँदै दक्षिण एसियाली राष्ट्रमध्ये तेस्रो स्थानमा छ। बंगलादेश १ सय ८७औं स्थानमा रहँदा श्रीलंका १ सय ९४औं तथा पाकिस्तान १ सय ९७औं स्थानमा छन्।

विश्व वरियतामा अर्जेन्टिना शीर्ष स्थानमा यथावत छ। एक स्थान सुधार गर्दै जर्मनी तेस्रो स्थानमा उक्लँदा यसअघि दोस्रो स्थानमा रहेको बेल्जियम भने दुई स्थान तल झर्दै चोथौ स्थानमा झरेको छ।

एक स्थान सुधार गरेको ब्राजिल भने तेस्रो स्थानमा रहँदा कोलम्बिया एक स्थान तल झर्दै पाचौं स्थानमा पुगेको छ। यता चिली भने छैठौं स्थानमा यथावत रहँदा फान्स सातौं, पोर्चुगल आठौं, उरुग्वे नवौं तथा एक स्थान सुधार गरेको स्पेन १०औ स्थानमा उक्लिएको छ।

प्रकाशित: ५ कार्तिक २०७३ ०६:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App