खेल

सन्दीपको पुनरावेदनबारे सर्वोच्चमा सुरु भयो सुनुवाइ

नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप  लामिछानेले बिहीबार विदेश जान लगाएको रोक हटाउन माग गर्दै दिएको पुनरावेदनको सुनुवाइ सुरु भएको छ। 

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ सुरु भएको हो।

उच्च अदालत पाटनेले सन्दीपलाई २० लाख धरौटी र १० सर्त सहित पुस २९ गते रिहा भएका थिए। अदालतले दिएको १० सर्तमा राहदानी रोका गरेको हुनाले सन्दीप युएईमा हुने लिग २ को खेलमा समावेश छैनन्। उक्त विषयलाई लिएर आज सन्दीपले सर्वोच्च अदालतमा दिएको पुनरावेदनको सुनुवाइ सुरु भएको हो। 

सन्दीपलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सरकारले पुनरावेदन दिएको थियो। यो मुद्दाको पेशी न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र हरिप्रसाद फुयालको इजलासमा तोकिएको थियो। तर यो रिटको सुनुवाइ भने आज हेर्न नभ्याइनेमा परेको छ।

प्रकाशित: १२ फाल्गुन २०७९ ०९:३८ शुक्रबार

नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप  लामिछाने