खेल

अलराउन्डर शैलीकी अभिलाषा

टेनिस खेलाडीको सबैभन्दा शिखरको सपना हो– ग्रान्ड स्लाम। नेपाली वुमेन्स टेनिसकी नम्बर–१ खेलाडी अभिलाषा विष्ट यसमा अपवाद होइनन्, उनको शिखरको सपना पनि यही हो। उनलाई मात्र होइन, सबैलाई थाहा छ, यो ठूलै सपना हो। फरक के भने भर्खर १९ वर्ष पुगेकी अभिलाषा यसका लागि आजभोलि कठिन मिहिनेत गरिरहेकी छिन्। आजभोलि उनको दिनचर्या पनि यस्तै छ, खालि टेनिस र टेनिस मात्रै।

बिहानै टेनिस, बेलुकै टेनिस, सा“झ पनि टेनिस। यति नगर्ने हो भने ग्रान्ड स्लाम सपना कहा“ पूरा हुन्छ र ?अभिलाषा यस अर्थमा भाग्यमानी पनि छिन्, उनलाई यो सपनामा साथ दिने परिवार छ। सानेपामा हुर्किबढेकी अभिलाषा र उनको परिवार अचेल ठैबमा बस्छ। उनी र उनका दाइ अभिषेक सानैदेखि खेल माहोलमा हुर्के बढे। सेन्ट जेभियर्समा कुनै न कुनै खेल भइरहन्थ्यो। फुच्ची अभिलाषा टेनिसमा आकर्षित भइहालिन्।

उनले खेल्न थालेको पनि हेर्दाहेर्दै १२ वर्ष भइसकेको छ। सफ्टवेयर इन्जिनियरिङको अध्ययन गरिरहेकी अभिलाषाले यसबीच टेनिसको कोर्टमा तय गरेको यात्रा आफ्नै आमा निकै लोभलाग्दो छ नै यसमा गर्व पनि उत्तिकै गर्न सकिन्छ। आक्रामक हुँदै बेसलाइनबाट खेल्न रूचाउने अभिलाषा खासमा अलराउन्डर शैलीकी खेलाडी हुन्। नेपाली टेनिसमा उनीस“ग जोडिएर धेरै थोक पहिलोपल्ट भएको छ। त्यसैले पनि उनी विशेष छिन्।

जस्तो, उनी व्यावसायिक टेनिस खेलिरहेकी नेपालकै एक मात्र महिला खेलाडी हुन्। भर्खर जस्तै हो, उनी प्रो भएकी। अहिलेसम्म वरीयता भने प्राप्त गरेकी छैनन्। तर जुनियर छ“दा उनी विश्व वरीयताको ४ सय २८औं स्थानसम्म पुगेकी थिइन्। यति धेरै उचाइमा पुग्ने उनी एक्ली हुन्। पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदमा पनि उनले चार स्वर्ण जितेकी थिइन्, आफू सहभागी भएका सबै स्पर्धामा। त्यो भनेको वुमेन्स सिंगल्स, डबल्स, मिक्स डबल्स र टिम स्पर्धा।

यस्तो उपलब्धि चुम्ने पनि उनी नै टेनिसकी पहिलो खेलाडी हुन्। कुराकानीका क्रममा निकै मिजासिली अभिलाषाको सबैभन्दा ठूलो विशेषता हो, अनुशासन। उनले अहिलेसम्म व्यावसायिक खेलाडी भएयता तीन प्रमुख प्रतियोगितामा भाग लिइसकेकी छिन् र ती हुन्, १५ के डलरका दुई प्रतियोगिता र २५ के डलरको एक प्रतियोगिता। क्ले कोर्टमा खेल्न बढी रूचाउने अभिलाषा यस्तै प्रतियोगिता खेल्दा खेल्दै अंक बटुल्दै शिखरसम्म पुग्न चाहन्छिन्।

यिनै अभिलाषालाई नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पल्सर स्पोटर्स अवार्ड २०७८ को पिपुल्स च्वाइस अवार्डका लागि मनोनयन गरेको छ। उनीसँगै पाँच खेलाडी छन्, फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ सेख, भलिबलकी उषा भण्डारी र पौडीकी डुवाना लामा छन्। यो विधामा मनोनयनमा पर्ने उनी टेनिसकै पहिली खेलाडी हुन्। उनी भन्छिन्, ‘सबैभन्दा यसबारे समाचार सुन्दा म निकै खुसी भएँ’, अलिकति स्तब्ध पनि।’

अभिलाषाले यत्तिको अपेक्षा पनि गरेकी थिइनन्। उनलाई के लाग्छ भने टेनिसबारे नेपाली खेलकुदमा कमै चर्चा हुन्छ, त्यसैले यस खेलका खेलाडीबारे पनि कमै मात्र चर्चा हुन्छ। त्यसैले अभिलाषालाई अहिले गर्व लाग्छ। तर यसको अर्थ यो होइन कि नेपाली टेनिसमा कसैले राम्रो गर्छ भने त्यो त्यत्तिकै ओझेलमा परोस्। नेपाली खेलकुदले यिनै अभिलाषाबाट धेरै अपेक्षा राख्न सकिन्छ। अनि यस्तै उदीयमान खेलाडीलाई त हो, आपूmले सक्दो मतदान गरेर जिताउने।

प्रकाशित: ९ फाल्गुन २०७९ ००:४१ मंगलबार

टेनिस