खेल

नेपाल र स्कटल्याडबीचको खेल आज हुँदै, नेपालले पहिला बलिङ गर्ने

आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्र्तगत आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ। क्रितिपुरको क्रिकेट मैदानमा विहान ९ बजे देखि सुरु हुने यो खेलमा नेपालले टस जितेर पहिला बलिङ  गर्ने निर्णय लिएको छ।

नेपालले नामिबियाको खेलबाट ललितनारायण राजवंशीलाई बेन्चमा राख्दा गुलशन झालाई आजको खेलमा मैदान उतारेको छ। नेपाली टोलीमा अन्य कुनै परिवर्तन गरिएकाे छैन्।

नेपाल आइसिसी विश्वकप लिग–२ च्याम्पियन स्कटल्यान्डलाई स्तब्ध पार्दै एकदिवसीय मान्यता कायमै बनाउन चाहन्छ। यस अघि पहिलाे खेलमा नेपालले नामिबियालाई दुई विकेट र स्कटल्यान्डले १० विकेटले पराजित गरेका थिए। नेपालले आफ्नो एकदिवसीय इतिहासकै सर्वाधिक २ सय ८६ रन पूरा गर्दा स्कटल्यान्डले पहिलो पटक १० विकेटले जित हात पारेको थियो। नेपालको रोहित पौडेल र स्कटल्यान्डको रिची बेरिंग्टनले कप्तानी गर्नेछन्।

नेपाल २५ खेलमा ९ मा जित र १४ मा हारसहित २० अंकका साथ छैटौं स्थानमा छ।  स्कटल्यान्ड तीन खेल अगाडीनै च्याम्पियन बन्दै यसै वर्ष हुने ग्लोबल छनोटमा सोझैं छनोट भएको छ। स्कटल्यान्ड ३३ खेलमा २३ मा जित र ८ मा हारसहित ४८ अंकका साथ शीर्ष स्थानमा छ।

स्कटल्यान्डले नेपालसँग टियु मैदानमा पहिलो पटक प्रतिस्पर्धा गर्दै छ। पहिलो पटक नेपाल आएको स्कटल्यान्डले नेपालमा नामिबियाविरुद्ध डेब्यू गरेको थियो।

नेपालको प्लेइङ ११  

आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान) सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, गुलशन झा, करण केसी र सन्दीप लामिछाने।

प्रकाशित: ५ फाल्गुन २०७९ ०२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App