खेल

स्पेनिस ला लिगामा बार्सिलोनाले सेभियालाई हरायो

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सेभियालाई हराएको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई ३- ० गोलबाट हराएको हो।

बार्सिलोनाको लागि जितमा जोर्डी अल्बा, गाभी र राफिन्हाले एक एक गोल गरेका हुन् ।जितसँगै बार्सिलोनाले २० खेलमा ५३ अंक जोडेको छ ।बार्सिलोनाले शीर्ष स्थानमा आठ अंकको अग्रता बनाएको छ ।सेभिया २१ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

प्रकाशित: २३ माघ २०७९ ०७:०२ सोमबार