खेल

अनिशालाई स्वर्ण

अनिशा खड्काले युएई मुवाँथाई च्याम्पियनसिपमा स्वर्ण जितेकी छन्।

अनिशाले महिला ७१ केजीमुनि तौल समूहमा स्वर्ण जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन्। अबुधाबीमा जनवरी २७ देखि २९ तारिखसम्म भएको प्रतियोगिताको फाइनलमा अनिशाले सुडानकी नवल फागिरलाई पराजित गरिन्। सेमिफाइनलमा अनिशाले युकेकी क्लेरे नेललाई हराएकी थिइन्।

प्रकाशित: १७ माघ २०७९ ०१:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App