खेल

चोटका कारण रोनाल्डो टिममा परेनन्

लिस्वन— पोर्चुगल तथा रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो चोटका कारण राष्ट्रिय टिममा आफ्नो स्थान बनाउन असफल भएका छन्। पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले सन् २०१८ मा हुने विश्वकपको छनोट खेलका लागि घोषणा गरेको राष्ट्रिय टोलीमा घुडाँको चोटका कारण रोनाल्डोको नाम समावेश नगरिएको हो।

दुई महिनाअघि फ्रान्समा सम्पन्न युरोकप २०१६ को फाइनलमा आयोजक फ्रान्ससँगको खेलमा उनी घाइते भएका थिए। त्यसपछि रोनाल्डो क्लबको अभ्यासमा समेत सहभागी भएका छैनन्। रोनाल्डोले गत साताबाट सूरु भएको ला लिगाको पहिलो खेल समेत खेलेका थिएनन्। घोषित पोर्चुगलको राष्ट्रिय टोलिमा स्ट्राइकरको जिम्मा युरोकपको फाइनलमा निर्णयक गोल गरेका इडरले सम्हाल्नेछन्। त्यस्तै भिरुन्वा र भेट्रान रक्षक रिकार्डो कार्भालियो पनि घोषित टोलिमा परेका छैनन्। यता स्ट्राइकर  आन्द«े सिल्भा र रक्षक जावो कान्सिलोले भने पहिलो पल्ट राष्ट्रिय टिममा पर्न सफल भएका छन्।

पोर्चुगलले सेप्टेम्बर १ मा गिव्राटरसँग मैत्रीपूर्ण खेल खेल्दैछ भने सेप्टिेम्बर ६ मा स्विजरल्याण्डसँग विश्वकप छनोट खेल खेल्दैछ।

प्रकाशित: ११ भाद्र २०७३ १२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App