खेल

फागुन ६ गते पोखरा म्याराथन

सत्रौं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०२३ फागुन पहिलो साता हुने भएको छ। सफल दूधको मुख्य प्रायोजन र भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा हुन लागेको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन ६ गते हुन लागेको हो। म्याराथनलाई सभ्य र भव्य बनाउन आयोजक भूतपूर्व खेलाडी मञ्चले २३ वटा उपसमिति बनाएको छ।

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनले यसै वर्ष म्याराथनको अन्तर्राष्ट्रिय छाता संगठन एसोसिएसन अफ इन्टरन्यासनल म्याराथन एन्ड डिस्टेन्स रेसर्स (एम्स) बाट अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको थियो। सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका च्याम्पियन खेलाडीले ५ लाख, दोस्रो हुनेले ३ लाख, तेस्रो हुनेले २ लाख र चौथोले ३० हजार रूपैयाँ प्राप्त गर्नेछन्।

त्यस्तै गण्डकी प्रदेशका खेलाडीहरूलाई प्रोत्साहनस्वरूप छुट्टै पुरस्कारको व्यवस्था पनि गरेको छ। साथै महिला हाफ म्याराथन, १० किमि पुरुष तथा महिला, ५ किमि छात्रछात्रा, ह्विलचेयर तथा दृष्टिविहीनतर्फका पुरस्कार राशिमा पनि वृद्धि गरिएको छ।  

प्रकाशित: १० माघ २०७९ ०४:१९ मंगलबार

फागुन ६ गते पोखरा म्याराथन