खेल

रियोको उद्‍घाटन सामान्य हुने

रियो दी जेनेरियो– रियो दी जेनेरियो ओलम्पिकको उद्घाटन समारोह पराम्परागत जस्तो भव्य नभई सामान्य र ‘एनालग’ अनुभव दिलाउने कार्यकारी निर्माता मार्को बालिचले जानकारी दिएका छन्।

बालिचले चार दिनपछि दक्षिण अमेरिकामा पहिलोपटक हुन लागेको ओलम्पिकको उद्घाटन माराकाना रंगशालामा हुने भन्दै त्यसमा देशको वर्तमान अर्थिक अवस्था झल्कने प्रस्तुति हुने बताए ।

‘ब्राजिलको अवस्थाअनुसार यो धनाढ्य कार्यक्रम होइन,’ २०१४ सोची विन्टर ओलम्पिक लगायत थुप्रै प्रतियोगिताको समारोहमा अनुभव बटुलिसकेका बालिचले भने ।

ब्राजिल अहिले १९३० पछि सबैभन्दा ठूलो आर्थिक मन्दीबाट गुज्रिरहेको छ । खेल आयोजक विश्वकै सबैभन्दा भव्य खेल समारोह सुरु हुनु केही दिनअघिसम्म आयोजनास्थल निर्माणका लागि रकम जुटाउन संघर्ष गरिरहेको अवस्था छ ।

‘बेइजिङको जस्तो भव्य, एथेन्सको जस्तो विशेष प्रयोग र लन्डनको जस्तो विद्युतीय र प्रविधिको प्रयोग  यसमा हुनेछैन । यो एनालग उद्घाटन समारोह हुनेछ,’ बालिचले थपे ।

रियोको उद्घाटन समारोहको खर्च २०१२ को लन्डन ओलम्पिकभन्दा लगभग आधा जस्तो हुनेछ । लन्डन ओलम्पिकमा ४ करोड २० लाख डलर खर्च भएको थियो । रियो समारोह ब्राजिलियनको हाँसो, दीगो विकास र काम गर्न सक्ने क्षमतामा आधारित हुने बालिसले बताए ।

‘ब्राजिलमा विश्वकै ठूलो बगंैचा (एमेजन रेन फरेस्ट) छ । हामीले यसलाई जोगाउनुपर्छ  र आशाको सन्देश दिनुपर्छ, ’ बालिचले थपे, ‘यो निकै समसामयिक समारोह हुनेछ । कुनै विशेष प्रयोगबिना यसले भविष्यबारे मानिससँग संवाद गर्नेछ । धेरै भलाद्मी हुनेछ । यसले ब्राजिलको राम्रो र आधुनिकताबारे बोल्दैन ।’

उद्घाटन समारोह र टर्च कसले बाल्ने भन्ने प्रतियोगिताको सबैभन्दा महŒवपूर्ण पक्ष हो । पहिलाको भव्य समारोहबीच पनि टर्चको ज्वाला निकै परबाट पनि देख्न सकिने हुन्थ्यो ।

‘यो टर्च धेरै ठूलो हुने छैन । यो कलात्मक र सानो हुनेछ,’ बालिचले भने ।

वास्तविक ज्वालामा ओलम्पिक रंगशालाको टिकट हुने मात्र जान पाउँछन् । समर्थकहरूका लागि फोटो खिच्न रियोको मध्यभागमा प्रतिकात्मक ज्वाला हुनेछ । उद्घाटन समारोहमा ४ हजार ८ सय जनाको सहभागिता रहनेछ भने ११ हजार खेलाडी सहभागी हुनेछन् ।

‘समारोहको उद्देश्य हुन्छ,’ बालिचले भने, ‘दीगोपनबारे सकारात्मक सन्देश दिनेछ। सुख्खा उत्सवले मात्र हुँदैन । हामीले उठाउने विषय सबैलाई मन नपर्न सक्छ तर यो वास्तविकता हो।’

 

 

प्रकाशित: १९ श्रावण २०७३ ०२:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App