खेल

ग्रिजम्यानकी दिदीको कहालीलाग्दो स्मरण

म्याकोन–पेरिसको बाटक्लेनमा साँझको ९ बज्दै थियो । माउड ग्रिजम्यान वरिपरि नजर डुलाउँदै कन्सर्ट हलतर्फ अघि बढिन् । बढ्दै गएको भिडमा उनी हराउँदै गइन् । केही क्षणमै छोटा टिसर्ट, पेस्टार र सिडी सहित मान्छेहरू इगल्स अफ डेथ मेटल ब्यान्डलाई सुन्न आतुर देखिएको माउडले नजिकबाट नियालिन् ।

त्यसपछि माउडको नजर तत्काल फोनमा गयो । उनका भाइ फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका स्टार एन्टोनी ग्रिजम्यान स्टेड डे फ्रान्समा फुटबल खेल्दै थिए । जर्मनीविरुद्धको मैत्रीपूर्ण खेल थियो त्यो । फुटबल खेल र कन्सर्ट लगभग एकै समयमा सुरु भएको थियो । माउडले फोन त्यसै थन्काइन् । किनकि संगीतमा मरिहत्ते गर्ने उनी कन्सर्टमै रमाउन चाहन्थिन् ।

खेलमा सामेल अन्य खेलाडीसहित उनका दाइ त्यतिखेर मैदानमा भएकाले ट्विटर वा फेसबुकजस्ता सामाजिक सञ्जालबाट टाढा थिए । माउड पनि ट्विटर वा फेसबुकबाट टाढै रहिन् । त्यसैकारण उनीहरूले ९ः३० बजेतिर रंगशाला बाहिरको विष्फोटको आवाज सुनेनन् । पत्तै पाएनन् । रंगशाला बाहिर दुई जनाले आत्मघाती बम विष्फोट गराएको घटनाप्रति उनीहरू बेखबर थिए । पेरिस सहरको बिच रेस्टुरेन्टमा आतंककारीले गोली चलाएको पनि उनले पत्तो पाइनन् । पेरिसलाई आतंककारीले घेरेको डरमा राष्ट्रपति फ्रान्कोइस होल्यान्डलाई रंगशालाबाट हेलिकप्टरमा राखेर बाहिर निकालिएको बारे पनि माउड बेखबर थिइन् ।

४० मिनेटसम्म इगल्स अफ डेथ मेटलले आफ्नो नामभन्दा फरक (हेभी मेटलभन्दा रक) शैलीको गीत गाएको मात्र माउडलाई जानकारी छ । एक्कासि संगीतको आवाजमा परिवर्तन आएको उनले सुनिन् । अझै पनि राम्ररी थाहा पाइनन् कि के भइरहेको छ ।
‘सुरुमा त हामीलाई लाग्यो कि यो ठट्टा हो,’ आफूले पहिलोपटक भोगेको घटना सम्झँदै माउडले गत बिहीबार भनिन्, ‘हामीलाई लागेको थियो कि यो पनि कन्सर्टकै एउटा पाटो हो । तर पछि हामीले चिच्याएको आवाज सुन्यौं ।’

उनी र उनको ‘ब्वाइफ्रेन्ड’ सिमोन डेगउललाई स्टेजको छेउबाट आँधी जसरी आएका तीन आतंककारीले कोठाको दायाँ भागमा अगाडि धकेले । मारिपिट गर्न थाले । माउड र डेगउलसँगै अन्य मानिसहरू पनि गोलीबाट बच्न भूइँमा लम्पसार परे । टाउको भूइँमा जोतेर बसे । खस्रो भूइँमा ग्रिजम्यानको गाला रगडियो । सँगै भएकी एक आइमाईले उनलाई दायाँबायाँ हेर्न रोक्दै टाउको भूइँमा दबाइदिइन् ।
‘यदि तिमी हल्लियौं भने गोली खान्छौं,’ माउडले भनिन्, ‘मेरो नजिकै भएको एक जना चल्मलाउँदा आतंककारीले गोली हाने । उनीहरूले गोली हानीहाले । उनका ठूलो चिच्याहट मात्र मैले सुनेँ ।’

उनको छेउमै भएकी आइमाईलाई पनि उनले राम्रोसँग नियाल्न पाइनन् । ती आइमाईको अन्य कुनै पनि कुरा माउडलाई याद छैन । काली वा गोरी, होची वा अग्ली केही पनि उनलाई थाहा छैन । माउडले उनको नाम र कति वर्षकी थिइन् भन्ने पनि थाहा पत्तो पाइनन् । माउडलाई त्यो आइमाईबारे केही याद छ भने उनको हातमात्र याद छ ।

माउड एक ठाउँमा थिइन् भने उनका ‘ब्वाइफ्रेन्ड’ डेगउल अर्कै ठाउँमा थिए । बिचमा थिइन् तिनै आइमाई । आतंककारीले एकपछि अर्कोलाई गोली ठोक्न थाले । माउड र डेगउलले आफ्नो टाउको लुकाए, आँखा बन्द गरे, शरीर लास जस्तो डेग चलाएनन् । स्थिति झन भयानक बन्दै गयो । माउडले एउटा हातले त्यो आइमाईका हातमा थिचिन्, आइमाइले डेउगलको हातमा । त्यसरी एकअर्कामा सूचना सञ्चार गरे, कसैले थाहा नपाउने गरी । ९० मिनेटसम्म ।

‘आफू जीवित भएको सूचना प्रसार गर्ने त्यो एकमात्र उपाय थियो,’ माउडले भनिन् । २८ वर्षीया माउडले कपाल रातो पारेकी छिन् । उनको परिवार, यात्रा र ट्याटु (जहाँ एन्टोनी ग्रिजम्यानको जन्ममिति र नाम पनि सामेल छ) बारे कुरा गर्दा उनी मुस्कुराइन् । उनको दायाँ हातमा अझै पनि प्लास्टिकले बेरिएको स्थानीय टेलिभिजन शो ‘ट्विन पिक्स’ मा देखाइन् । सहरको बिचमा अवस्थित क्याफेमा उनी बसेकी छिन्, जहाँ उनी र भाइ हुर्किएका थिए ।

युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा फ्रान्सले जर्मनीमाथि विजय पाएको प्रसंग कोट्याउँदा माउड एकैचोटी भावुक बनिन् । किनकि नोभेम्बर १३ को आतंककारी हमलापछि फ्रान्स र जर्मनी पहिलोपटक आमने–सामने भएका थिए । ‘एन्टोनी, फ्रान्सेली टोली र समर्थकका लागि त्यो महŒवपूर्ण खेल थियो,’ माउडले भनिन्, ‘तर, त्यो भन्दा धेरै अरु केही होइन । फुटबलमा अरु केही हुन्छ जस्तो मलाई लाग्दैन । खेलबाहेक अन्य विषय म सोच्दिनँ ।’

आक्रमणको ८ महिना बितिसक्दा पनि माउडले थेरापिस्ट देखेकी छैन । उनले थपिन्, ‘परिवार र जीवन नै मेरो थेरापी हो ।’ माउड चूप नखुल्नुले कुनै अर्थ राख्दैन । एकपटक उनी बोल्दा उनको स्मरणहरू बाहिर आउँथे । त्यो घटनामा सम्मिलित अन्य मानिसहरूको जस्तै माउडका मानस पटलबाट त्यो घटना हराउन सकेको छैन । उनलाई अझै पनि राम्रो सम्झना छैन कि कति आतंककारी थिए र उनीहरू कहाँ बसेर कराइरहेका थिए ।

उनलाई शान्त भएर बसेको र बन्दुक पड्किएको आवाजमात्र थाहा छ । उनलाई खुट्टाले लात्ती हानेको याद छ । पुलिसहरू धावक जसरी भित्र परेको याद छ र मान्छेहरू अचेत अवस्थामा मैदानमा लडेको सम्झना छ ।
उनलाई डेगउलको मोबाइलबाट आमाले फोन गरेको र चिच्याएको सम्झना छ । ‘म बाहिर निस्केँ, म बाहिर निस्कँे ।’ किनकि त्यतिबेला उनलाई अरु बोल्ने भन्ने नै थाहा थिएन ।
राति २ बजे करिब ‘डे ला रिपब्लिक’ मा १०–१५ मिनेट हिँडेको उनी सम्झन्छिन् । जहाँ उनी र डेगउलले ट्याक्सी फेला पारेका थिए । र, ड्राइभरले उनीहरूलाई घर पु¥याइदिँदा उनीहरू खुसी भएको उनी सम्झन्छिन् । ‘मेरो कपडाभरि रगतै रगत लागेको थियो,’ उनले टाउको समाउँदै भनिन्, ‘उनी आफ्नो सिटबारे चिन्तित थिए ।’

‘मेरो परिवार सधैँ यस्तो हँुदैन,’ उनले भनिन् । एन्टोनीले अभ्यास गर्दा उनी गोलकिपर हुन्थिन् । सामान्य उचाइभन्दा केही कम भएका कारण फ्रेन्च क्लबले अस्वीकार गर्दा निराश भएका एन्टोनीलाई माउडले हौसला प्रदान गर्ने गर्थिन् ।  अहिले फ्रान्सेली टोलीमा एन्टोनी केन्द्र भागमा थिए । युरोमा उनले ६ गोल गरे ।

तर, उनका ती गोल फ्रान्सलाई घरेलु मैदानमा उपाधि जिताउन पर्याप्त भएन । माउडलाई अझै पनि आफ्नो भाइ बच्चै जस्तो लाग्छ । त्यसैले उनी अहिले युरोपियन च्याम्पियनसिप जित्न नसक्दा निराश एन्टोनीलाई सम्झाइरहेकी छन् । केही वर्षअघि दुई जना न्युयोर्क घुम्न जादाँ उनीहरूले यु–ट्युब भिडियो बनाएका थिए, जसमा उनीहरूले टाइम्स स्क्वायरमा रहेको नांगो काउब्वाई र होटल कोठाका दृश्य खिचेका थिए ।
अहिले माउड पेरिसमा बस्छिन् भने एन्टोनी मड्रिडमा बस्छन् । तथापि उनी भाइ एन्टोनीलाई भेट्न तारन्तार पुगिरहेकी हुन्छिन् । युरो सेमिफाइनल खेल हँुदा आफ्नो टोलका करिब ३ हजार जनाले एन्टोनीको मास्क र जर्सी लगाएका थिए । एन्टोनीका लागि त्यो अद्भूत क्षण हो,’ माउडले भनिन्, ‘र, यो हामी सबैजनाका लागि पनि खुसीको क्षण हो ।’

माउड र उनको परिवार स्टेड डे फ्रान्समा खेल हेर्न गएका थिए । यद्यपि उनको मानसपटलमा त्यो घटना ताजै छ । अझै पनि कतिपय फ्रेन्च समर्थक उक्त घटनाबाट त्रसित छन् । माउडले त्यसमा आफूलाई जोड्न नचाहने बताइन् । इगल्स अफ द डेथका मुख्य गायकले कराएको र आइफल टावरमा झुन्डिएको टाटु उनले खोपेकी छन् ।

केही स–साना घटनाले फेरि उनलाई त्यो क्षणको याद दिलाउँछ । कहिलेकाहीँ पेट दुख्दा त्यो बेला सुनिएका आवाजहरू सम्झिन्छन् उनी ।
आक्रमण भएको केही सातापछि सपिङ स्टोरमा उनको अगाडि एउटा बच्चा देखा परे । त्यो बच्चा अन्य दिशातिर दौडिइरहेका थिए । माउड रोकिइन् । ‘उनी दौडिएको मलाई थाहा छ,’ उनले भनिन्, ‘मलाई थाहा छ उनीहरू स्टोरमा रमाइरहेका छन् तर थाहा छैन कहिले यो पनि बन्द हुन्छ ।’

 

प्रकाशित: २९ असार २०७३ ०२:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App