खेल

फ्रान्स, जर्मनी र बेल्जियम क्वाटरफाइनलमा

लिले- युरोकप २०१६ अन्तर्गत अन्तिम १६ का खेलमा विजयी हुँदै आयोजक फ्रान्स, जर्मनी र बेल्जियम क्वाटरफाइनलमा प्रवेश गरेका छन्। गएराति सम्पन्न पहिलो खेलमा आयोजक फ्रान्सले रिपब्लिक अफ आयरल्यायडलाई २-१ गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो।

खेलको दोस्रो मिनेटमा नै पाउल पोग्वाले शेन लङलाई डि एरियामा लडाएपछि आयरल्यायडलले पोनाल्टीको अवसर पाएको थियो। जसमा रोबी ब्राडले गोल गर्दै पहलो हाफमा आयरल्याण्डलाई १-० को अग्रता दिलाए।

खेलको ५८औं र ६१औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै खेलमा फ्रान्सलाई २-१ गोलको अग्रता दिलाएका थिए। खेलको खेलको ६६औं मिनेटमा आयरल्याण्डका शेन डेफ रेड कार्ड खादै मैदानबाट बाहिरिदाँ ऊ १० खेलाडीमा सिमित भएको थियो। त्यसपछि खेलमा कुनै गोल भएन र खेल फ्रान्सलाई २-१ गोले जितेको हो। फ्रान्सले क्वाटरफाइनलमा आइसल्याण्ड र इङल्याण्डको विजेतासँग खेल्नेछ।

यता जर्मनीले स्लोभाकियालाई ३-० गोलले पराजित गरेको छ। खेलको ८औं मिनेटमा नै गोल गर्दै जेमोरी बोएटिङले गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको १४औं मिनेटमा प्राप्त पेनाल्टीमा भने जर्मनीका मेसुट ओजिल गोल गर्न बाट चुकेका थिए।

४३औं मिनेटमा गोल गर्दै गोमेजले पहिलो हाफमा टोलीलाई २-० को अग्रता दिलाएका थिए। खेलको ६३औं मिनेटमा जुलियन ड्रयाक्सलरले गोल गर्दै टोलीको जित सुनिश्चित पारेका थिए। जर्मनीले क्वाटरफाइनलमा इटाली र स्पेन बिचको विजेतासँग खेल्नेछ।

त्यस्तै हंगेरीलाई ४-० गनेल अन्तरले पराजित गर्दै बेल्जियमले पनि क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। खेलको १०औं मिनेटमा नै गोल गर्दै एन्डेरवायरेल्डले बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका दिए।

पहलो हाफमा १० को अग्रता लिएको बेल्जियमले दोस्रो हाफमा थप तीन गोल गरेको थियो। उसका बातसायुले खेलको ७८औं र हेजार्डले ७९औं मिनेटमा गोल गर्दै निर्धारित ९० मिनेटमा टोललाई ३-० को अग्रता दिलाएका थिए। खेलमा थप गरिएको समयको पहिलो मिनेटमानै गोल गर्दै कारासाकोले बेल्जियमलाई ४-० को सहज जित दिलाए। बेल्जियमले क्वाटरफाइनलमा वेल्सको सामना गर्नेछ।

प्रकाशित: १३ असार २०७३ ०२:१५ सोमबार

फ्रान्स जर्मनी बेल्जियम क्वाटरफाइनलमा