खेल

रौतहटमा जिल्लास्तरीय कुस्ती प्रतियोगिता

रौतहट- जिल्ला स्तरिय कुस्ती प्रतियोगिता सम्पन्न भएको छ। नेपाल खेलकुद महासंघको आयोजनामा रौतहटको चन्द्रपुरमा सम्पन्न बिभिन्न तौल समूहमा कुस्ती प्रतियोगिता आयोजना गरिएको थियो।
शुक्रबार सम्पन्न प्रतियोगिताको ५५ किलो तौल समूहमा भागवत साह, ६० किलो तौल समूहमा सुरज राय, ६५ किलो तौल समूहमा रामचन्द्र राय, ७० किलो तौल समूहमा बिक्रम लामा, ७५ किलो तौल समूहमा मुकेश कुमार ठाकुर र ८० किलो तौल समूहमा सुमिर साह प्रथम भएका छन्।
प्रतियोगितापछि आयोजित पुरस्कार तथा प्रमाणपत्र वितरण समारोहमा बिजयी खेलाडीहरुलाई पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै  खेलाडीहरुको प्रशंसा गरे। खेलकुदको विकासमा आफू लागि परेको र सकेको सहयोग गरिरहने प्रतिबद्धतासमेत पूर्वमन्त्री पौडेलले व्यक्त गरे।
ग्रामीण समुदायमा पहिले निकै लोकप्रिय रहेको हाल लोप हुदै गएको कुस्ती प्रतियोगिता हेर्नका लागि ठूलो संख्यामा स्थानीय दर्शकको भिड लागेको थियो।

 

प्रकाशित: १० असार २०७३ १४:०७ शुक्रबार

रौतहटमा जिल्लास्तरीय कुस्ती प्रतियोगिता