खेल

दुई वर्षभित्र संसद् निर्वाचन, त्यसपछि मात्रै सत्ता हस्तान्तरणः प्रधानमन्त्री

काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई वर्षभित्र संसद्को अर्को निर्वाचन गरेरमात्रै सत्ता हस्तान्तरण हुने बताएका छन्। 

अखिल नेपाल किसान महासङ्घको छैटौँ महासम्मेलनको शुक्रबार राजधानीमा उद्घाटन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले कठिन परिस्थितिकाबीच सरकारले राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै शीघ्र आर्थिक विकासको बेगमा आफूलाई हिँडाएको उल्लेख गरे। अब आउने बजेटमा थप विकासका आयोजना र 'आफ्नो गाउँ आफैँ बनाऔँ' जस्ता कार्यक्रम अघि सार्ने उद्घोष पनि उनले गरे।

आफ्नो पार्टीले संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै अोलीले अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा पनि नयाँ चरणमा मुलुकलाई लगेको दाबी गरे। रासस 

प्रकाशित: २६ चैत्र २०७२ ०६:३७ शुक्रबार

दुई_वर्षभित्र_संसद्_निर्वाचन त्यसपछि_मात्रै_सत्ता_हस्तान्तरणः_प्रधानमन्त्री