समाज

जोशीलाई श्रद्धाञ्जली दिने यस्तो छ तयारी

शताब्दीपुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्लीका लागि  किष्ट अस्पतालमा राखिएको छ। जोशीको शवलाई ९: ४५ देखि १०: ४५ सम्म किष्ट अस्पतालमा श्रद्धाञ्लीका लागि राखिएको थियाे।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शव गलाउनबाट बचाउन केमिकलको इन्जेक्सन लगाएर अस्पतालमा राखिएको बताए।  

त्यसपछि १०: ४५ देखि ११: ३० सम्म परिवारका सदस्यले गर्नुपर्ने कार्य गर्ने छन्। ११: ३० देखि १२: ३० सम्म पुन अस्पतालमा श्रद्धाञ्जलीको लागि राखिनेछ।

त्यस्तै  १२:३० देखि ४ बजेसम्म ललितपुर महानगरमा राखिने छ र पुन किष्ट अस्पतलालाई नै शव हस्तान्तरण गरिनेछ।

प्रकाशित: ३० आश्विन २०७९ ०५:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App