समाज

बर्दियामा चार सय ९४ बिघाको धानबालीमा क्षति

राजापुर, गुलरिया, मधुवन, बारबर्दिया क्षेत्रमा काटेर खेतमै सुकाइएको धान नदीले बगाएको छ। बुधबारदेखि धानबाली क्षतिको लगत लिन थालेको एकीकृत कृषि तथा पशुपक्षी कार्यालयका सूचना अधिकारी सन्तोष पाठकले बताए।

उनका अनुसार गुलरिया, मधुवन र बारबर्दियामा प्रारम्भिक लगतअनुसार चार सय ९४ बिघा धान बालीमा क्षति पुगेको छ।  तीन सय नौ बिघामा लगाइएको धानबाली पूर्ण क्षति भएको छ भने एक सय ८५ बिघामा लगाएको धानमा आंशिक क्षति पुगेको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको क्षतिको पूर्ण विवरण भने आइनसकेको उनले जानकारी दिए।

गत वर्ष धान काट्दै गर्दा बाढी आएर बगाएको थियो भने यस वर्ष पाकेको धानबाली ढालेको र हिलोले पुरेको कृषक गेरुवा वडा नं ३ कि भूमिसरा चलाउनेले बताए। धानको क्षति भएकाले यस वर्ष पनि विचल्लीमा परेको सुन्दरी थरुनीले गुनासो गरे। गत वर्ष पनि धानको क्षतिको विवरण लिएर गए पनि धानको क्षतिपूर्ति नदिएको गुनासो गरे। कर्णाली नदीमा आएको बाढीले करिब एक हजार पाँच सय परिवार विस्थापित भएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए। रासस

प्रकाशित: २८ आश्विन २०७९ ०८:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App