समाज

तिलागुफा पहिरो : थप एकको शव भेटियो (अपडेट)

गत आइतबार पहिरोले घर बगाउँदा बेपत्ता भएका एकै परिवारका ५ मध्ये थप एक जनाको शव भेटिएको छ। तिलागुफा– ७ बालीगाउँका ४२ वर्षीय ध्रुवराज विष्टको शव भेटिएको प्रहरी जनाएकाे छ।

यसअघि उनका दुई छोराहरू भरत र कृपेशको शव भेटिएको थियो। पहिरोमा बेपत्ता उनकी श्रीमती ममता र छोरी ज्यानी अझै भेटिएका छैन्। ३ जनाको शव भेटिएपछि शवको पोस्टमार्टम गर्नका लागि जिल्ला सदरमुकाम मान्मबाट नेपाली सेनाको राहत सामग्रीसहित चिकित्सकसहितको टोली घटनास्थलमा पुगेको छ।

हेलिकोप्टरमार्फत उक्त टोली बुधबार नै आइपुगेकाले पोस्टमार्टमपछि बुधबार नै शवको दाहसंस्कार गरिने तिलागुफा नगर उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए। पहिरोमा बेपत्ता अन्यको खोजी जारी रहेको प्रहरीले जनाएको छ।कालिकोटमा पहिरोमा परी अझै १८ जना बेपत्ता छन्।

प्रकाशित: २६ आश्विन २०७९ १५:२९ बुधबार

तिलागुफा पहिरो