समाज

टाकुला खोलाको बाढीले बगाउँदा प्रहरी जवान वेपत्ता

तिलागुफा नगरपालिका वडा नं ७ र ८ को टाकुला खोलामा आएको बाढीले बगाउँदा एक जना प्रहरी जवान वेपत्ता भएका छन्।

सुर्खेत गणमा कार्यारत प्रहरी जवान पदम रावत जुम्ला घरबाट दसैं मनाएर फर्किदै गदा टाकुला खोलाले बगाएको प्रहरी प्रमुख जयश्वर रिमालले बताए।  

उनका अनुसार उनिसंगै आएका दुई जना भने सकुशल छन्। आइतबार बिहान साढे ११ बजे तिर टाकुला खोला तर्ने क्रममा उक्त खोलामा आएको बाढीले बगाउँदा वेपत्ता भएको प्रहरीले जनाएको छ।

अहिले प्रहरी घटना स्थालमै छ। खोला बढेका कारणले खोजि गर्न समस्या भएको छ।  कर्णाली राजमार्गको ५० भन्दा धेरै ठाउँमा पहिरो गएकाले  उद्धारमा पनि समस्या भएको प्रहरीको भनाइ छ।

प्रकाशित: २४ आश्विन २०७९ ०५:०३ सोमबार

टाकुला खोला