समाज

कर्मचारीलाई नियन्त्रणमा लिई आइएमईबाट लाखौं नगदसहित गहना लुटियो

लुटपाट भएको खबरपछि आइएमई भएको घर नजिक भेला भएका स्थानीय। तस्बिरः नागरिक।

ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित वीरेन्द्र चोकमा रहेको आइएमईबाट साढे १२ लाख नगद सहित गरगहना लुटिएको छ। अन्दाजी चारजनाको समूहले नगद ११ लाख ५५ हजार रुपैयाँ र केही गरगहना लुटेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(डिएसपी)कैलाश राईले जानकारी दिए।

उनका अनुसार एक व्यक्तिले जाकटी राखेको सुन निकाल्न हिजोदेखि सम्पर्क गरेको पाइएको छ। चार जनाको समूहमध्ये तीनजना एकैसाथ आइएमईमा प्रवेश गरी कार्यरत एक कर्मचारीलाई नियन्त्रणमा लिई रकम र गरगहना लिएर भागेका हुन्। सुन कति थियो खुलेको छैन।

आइएमई सञ्चालक अमरकुमार श्रेष्ठ र उनका श्रीमती मैया श्रेष्ठ देश बाहिर रहेकोले आइएमईकर्मचारीले चलाइरहेका थिए। नेपाल प्रहरी र सशस्त्र प्रहरीले लुटेरा समूहको खोजी गरिरहेको जनाएका छन्। लुटेराले भाग्ने क्रममा एकथान कम्ब्याट ज्याकेट भने छोडेर गएको जनाएको छ।

प्रकाशित: १७ आश्विन २०७९ ०८:३३ सोमबार

ताप्लेजुङ