समाज

आजको मौसम: आंशिकदेखि सामान्य बदली रहने

हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ।      

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। कर्णाली प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती,  गण्डकी र  लुम्विनी प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

राती देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली  रहनेछ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

प्रकाशित: १५ आश्विन २०७९ ०१:२० शनिबार

जल तथा मौसम पूर्वानुमान महाशाखा