काठमाडौं महानगरपालिकाले वाग्मती नदी किनारका अवैध संरचना भत्काउन थालेको छ।
आइतबार महानगरले बिजुलीबजार–तीनकुने करिडोर क्षेत्रमा बनेको अवैध संरचना भत्काउन थालेको हो।
पछिल्लो समय काठमाडौं महानगरले अवैध संरचना भत्काउने अभियान सुरु गरेको छ। अभियानलाई बृहत् रूपमा अघि बढाइएको महानगरले जनाएको छ।
प्रकाशित: २ आश्विन २०७९ ०६:५४ आइतबार