समाज

डा. केसी अस्पताल भर्ना

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारसहित ७ बुँदे माग राखेर धनगढिमा २०औँ आमरण अनसन बसेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ।

स्वास्थ्य जटिल बनेपछी बुधबार साझ एम्बुलेन्सबाट सेती प्रादेशिक अस्पतालमा लगिएको हाे। अस्पताल लगिए पनि डा. केसीले औषधि प्रयोग गर्न इन्कार गरेका छन्। जिउ दुख्ने, रिङ्ग्टा लाग्ने भएर गाह्रो भैरहेको डा. केसीले बताएका छन्।

आज नियमित जाँच गर्दा रगतमा गुलुकोजको मात्र एकदम कम देखिएको चिकित्सक शेरबहादुर कमरले बताए। यसैगरी सेतो रक्त कोशिका पनि कम देखिएको छ। भने पिसाबमा किटोन देखिएको चिकित्सकले बताएका छन्।

अवस्था जटिल भएपछि चिकित्सक टोलीले निगरानिमा राखेको चिकित्सक अमृत जैसिले बताए। औषधि प्रयोग गर्न इन्कार गरेकोले स्लाइन पानी मात्र प्रयोग गरिएको उनले बताए। सर्वसधारणले उनलाई भेटेर एक्यबद्धता जनाइरहेका छन्।

प्रकाशित: २९ भाद्र २०७९ १३:४९ बुधबार

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र