डडेल्धुराको असिग्राम गाविस र अमरगडी नगरपालिकाको सिमाना रहेको काठको कच्ची बैतडी समराई होटल भत्किएर पूर्व राज्यमन्त्री जनकबहादुर शाहसहित १७ यात्रु घाइते भएको डडेल्धुरा प्रहरीले जानकारी दिएको छ।
काठमाडौंबस्दै आएका शाह चैते दशैँ मनाउन अछामको बिमकोटस्थित घर आउँदै गर्दा दुर्घटनामा परेका हुन्। उनको टाउकोमा चोट लागेको छ।
सोही घटनामा नेपाल विद्यार्थी संघ अछामका अध्यक्ष नृप साउद गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ। साउदको टाउको र छातीमा चोट लागेको छ।
घाइते सबैको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहको छ। घाइते हुने अन्य यात्रुमा अछामको दुर्गादेबी मावि नन्देगडाका लेखापाल प्रेम साउँद, अछामकै तेजबहादुर साउद, निधी साउद, धौली साउद, पहरी साउद, अछामकै बर्दादेबीका दान ठकुल्ला, दीर्घ ठकुल्ला, डम्बर ठकुल्ला, सुशील ठकुल्ला, मालु ठकुल्ला रहेका छन्।
यस्तै टंकी स्वार, उमाकान्त खनाल तथा कञ्चनपुरका बालकृष्ण खनाल रहेको छन् । बाजुराका १४ महिने बालिका रोहीणी रावल, यम रावल र माया स्वार समेत घाइते भएको प्रहरीले जानकारी दिएको छ। एक जना यात्रुबाहेक अन्यको अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ।
प्रकाशित: २३ चैत्र २०७२ ०४:३२ मंगलबार