समाज

नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी खुल्याे

फाइल तस्बिर

नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी खुलेको छ। भरतपुर–२९ स्थित १८ किलोमा खसेको पहिरो हटाईएपछि यस सडक खण्ड दुइतर्फी संचालनमा आएको छ।

विहान ७ः४५ बजेको समयमा खसेको पहिरो साढे १० बजे हटाईएको सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीले जानकारी दिए।

रातो माटोसहितको पहिरो खसेपछि सडक खण्ड दुईतर्फी नै अवरुद्ध भएको थियो। यस वर्ष भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारी र १८ किलोमा धेरै पटक पहिरो खसेको छ। हिजो बिहान केराबारीमा पहिरो खस्दा आठ घण्टा सडक अवरुद्ध भएको थियो।

प्रकाशित: १७ भाद्र २०७९ ०६:१० शुक्रबार

नारायणगढ–मुग्लिन सडक