समाज

नोबेल अस्पतालको दोस्रो तलाबाट हामफाले बिरामीले

झापा गौरीगञ्ज घर भई विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत एक जना बिरामीले बुधबार (आज)बिहान अस्पतालको दोस्रो तलाबाट हामफालेका छन्।  

अस्पतालको दोस्रो तलाको झ्यालबाट गौरीगञ्ज नगरपालिका–६ का २९ वर्षीय आशिष लुइँटेलले सवा ७ बजेतिर हामफालेको मोरङ प्रहरीले जनाएको छ।  

झ्यालबाट हामफालेपछि भुइमा बजारिएका लुइँटेललाई पुनः नोबेलमा थप उपचारका लागि भर्ना गरिएको छ। उनको टाउको लगायत शरीरका विभिन्न ठाउँमा चोट लागी गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ।  

मानसिक समस्याको उपचारका लागि भदौ १० गते अस्पताल भर्ना भएका थिए। बिरामी परिवारका साथमै रहँदा एक्कासी झ्यालबाट हामफालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।  

प्रकाशित: १५ भाद्र २०७९ ०४:३१ बुधबार

नोबेल शिक्षण अस्पताल