समाज

संसद अधिवेशन बुधबारदेखि अन्त्य

काठमाडौं–व्यवस्थापिका संसदको अधिवेशन बुधबार अन्त्य हुने भएको छ। गत असोज १५ गते सुरु भएको संसद बुधबार राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर संसद अधिवेशन अन्त्य भएको घोषणा गर्ने सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए।संसदको यो अधिवेशनले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखको निर्वाचन गरेको थियो। संविधान जारी भएपछि सुरु भएको संसद अधिवेशनले संविधान संशोधनसमेत गरेको थियो। संसद अधिवेशनमा केही महत्वपूर्ण विधेयकसमेत पारित भएका छन्।

प्रकाशित: ५ फाल्गुन २०७२ ००:४५ बुधबार