समाज

अरिंगालको टोकाइबाट एक जनाको मृत्यु

रोल्पामा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ।

सोमबार बेलुका घर नजिकै जंगलमा अरिंगाल पोल्ने क्रममा अरिंगालले शरीरको विभिन्न भागमा टोकेर रोल्पा न.पा. १० धाङ्सीका आसमाला बुढाको श्रीमान् वर्ष ५४ को जयबहादुर बुढा मगरको मृत्यु भएको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार राती नै जिल्ला अस्पताल रेउघा पुर्‍याइएका उनको उपचारका क्रममा मृत्यु भएको थियो।

प्रकाशित: ३१ श्रावण २०७९ १४:०० मंगलबार

जिल्ला प्रहरी कार्यालय