समाज

सिआइवीमा सिलवाल, ट्राफिकमा अर्याल

काठमाडौं- नेपाल प्रहरीका २२ डिआइजीको सरुवा भएको छ। गृह मन्त्रालयले बिहीबार डिआइजीको सरुवा गर्दै प्रहरी केन्द्रीय अनुसन्धान व्युरो (सिआइवी) मा नवराज सिलवाललाई ल्याएको हो। व्युरोका प्रमुख हेमन्त मल्ल ठकुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका छन् भने अख्तियारका पशुपति उपाध्याय मध्यक्षेत्रका प्रमुख भएका छन्। मध्यका डिआइजी देवेन्द्र सुवेदी प्रधान कार्यालयको अन्वेषणमा आएका छन्।

गृहका अनुसार महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुखमा प्रकाश अर्याल आएका छन्। महाशाखाका प्रमुख जयबहादुर चन्द लागूऔषध नियन्त्रण व्युरोको प्रमुख भएका छन्। व्युरोका प्रमुख केशरीराज घिमिरे पूर्वाञ्चल प्रहरी प्रमुखमा सरुवा भएका छन्।

प्रहरी प्रवक्ता कमलसिंह बम पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराको प्रमुखमा सरुवा भएका छन् भने प्रहरी प्रवक्तामा पूर्वका प्रमुख माधवप्रसाद जोशी आएका छन्। जोशी पूर्वाञ्चल सरुवा अगाडि प्रवक्ता नै थिए।

यसैगरी, केशव अधिकारी तालिम निर्देशनालय, श्यामबहादुर खड्का मानवस्रोत, रामकुमार खनाल बालबालिका सेवा निर्देशनालय, विजयलाल कायस्थ अपराध अनुसन्धान विभाग, मधुप्रसाद पुडासैनी अपराध अनुसन्धान विद्यालय, मिङमार लामा आयुक्त, पंकज श्रेष्ठ ट्राफिक निर्देशनालय, माधवप्रसाद नेपाल सुर्खेत, रणबहादुर चन्द भरतपुर शिक्षालय, गोविन्दप्रसाद निराला विमानस्थल, विजयकुमार भट्ट दिपायल, रोमेन्द्रसिंह देउजा प्रबन्धमा सरुवा भएका छन्।

प्रकाशित: २१ माघ २०७२ २०:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App