समाज

पाल्पाको लघुवामा बस दुर्घटना: ६ जनाको मृत्यु, १६ घाइते

रिब्दीकोट–२ लघुवा पाल्पामा यात्रु बहाक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। लु१ख ५९५२ नम्बरको बस दुर्घटना हुँदा १६ जना यात्रु घाईते भएका छन्।

आइतबार साँझ ५ बजे तानसेन–तम्घास सडक खण्डको लघुवामा बस दुर्घटना भएको हो। बस दुर्घटनामा परि १७ जना यात्रु घाइते भएको रिब्दीकोट गाउँपालिका–२, का वडाध्यक्ष ओमप्रसाद पोखरेलले बताए।

गुल्मीदेखि पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको बस लघुवा स्थित भीरबाट तल खसेको हो। बस दुर्घटनाका घाईतेहरुलाई उद्दार गरि तानसेनको युनाईटेड मिशन अस्पताल र लुम्बिनी मेडिकल कलेजतर्फ पठाइएको छ।

दुर्घटनामा परेकाहरुको प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको सहयोगमा उद्धार कार्य जारी छ।

प्रकाशित: ८ श्रावण २०७९ १२:५१ आइतबार