समाज

चिट लुकाएको भन्दै छात्रामाथि दुर्व्यवहार, विद्यार्थीद्वारा क्याम्पसमा तोडफोड

परीक्षा गार्डले छात्रालाई दुर्व्यवहार गरेको भन्दै मकवानपुरको हेटौँडा क्याम्पसमा विद्यार्थीहरुले तोडफोड गरेका छन्। आज बिहान परीक्षा दिन पुगेका चार जना छात्रामाथि दुर्व्यवहार भएको भन्दै विद्यार्थीहरुले नाराबाजी गर्नुका साथै क्याम्पसमा तोडफोडसमेत गरेका छन्।

हेटौँडा क्याम्पस केन्द्रमा परीक्षा दिन गएका मकवानपुर बहुमुखी क्याम्पसका चार जना छात्राले परीक्षा गार्डले चिट लुकाएको भन्दै खानतलासी गरेर दुर्व्यवहार गरेको आरोप लगाएका छन्। उनीहरुले घटना सार्वजनिक गरेपछि विद्यार्थीहरु आक्रोशित बनेका हुन्।

अहिले क्याम्पसमा प्रहरी परिचालन गरिएको छ। यस घटनालाई लिएर मकवानपुरमा क्रियाशील विद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन्। दुर्व्यवहार गर्नेलाई कडा कारबाही गर्न उनीहरूको माग छ।

प्रकाशित: ४ श्रावण २०७९ ०७:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App