समाज

भक्तपुरका स्काउटहरुलाई कोभिड-१९ सेवा पदक वितरण

नेपाल स्काउट बागमती प्रदेश स्काउट अन्तर्गत भक्तपुर जिल्लाका चारवटै स्थानीय स्काउट कार्यालयहरुको आयोजनामा कोभिड-१९ सेवा पदक वितरण गरिएको छ।

विश्वका साथै नेपालमा पनि महामारीका रुपमा संक्रमण फैलिएको कोभिड–१९ को नियन्त्रणका लागि जनचेतना फैलाउने कार्यमा स्वयंसेवी रुपमा अनरवत रुपमा सहभागी भएका भक्तपुर जिल्लाका स्काउट, स्काउटर एवं रोभर रेञ्जर स्काउटहरु लागि उनीहरुले गरेको कार्यको प्रशंसा स्वरुप पदक वितरण गरिएको हो।

नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयबाट कोभिड-१९ सेवा पदकको घोषणा गरिए अनुसार पदक वितरण गरिएको हो। कार्यक्रममा नेपाल स्काउट बागमती प्रदेश तदर्थ समितिका संयोजक शिवराम अर्यालले कोभिड १९ सेवा पदक वितरण गरे।

कार्यक्रममा भक्तपुर जिल्लाभरिका स्काउट, स्काउटर र रोभर रेञ्जर स्काउटहरु गरी जम्मा एक सय ५८ जनाले पदकबाट विभूषित भए। स्काउटमार्फत् नेपालमै पहिलोपल्ट भक्तपुर जिल्लाबाट कोभिड-१९ को नियन्त्रणका लागि सेवा प्रारम्भ गरिएको हो।

भक्तपुर जिल्लाले गत २०७६ चैत्र २१ गतेदेखि नै कोभिड-१९ को नियन्त्रणका लागि भक्तपुर अस्पतालमा आइसोलेशन वार्ड निर्माणमा सहयोग गरी स्वयम सेवाको कार्य सुरु गरेको थियो।

कार्यक्रममा बागमती प्रदेशका सल्लाहकारद्वय रामगोपाल कर्माचार्य र भक्त राजभण्डारी, भक्तपुर, चाँगुनारायण र मध्यपुर थिमिलगायत स्थानीय स्काउटका संयोजकहरुका साथै स्काउटर र रोभर रेञ्जर स्काउटहरुको सहभागी थिए।

कार्यक्रममा लायन्स क्लब अफ भक्तपुर न्यातापोलबाट स्थानीय स्काउट कार्यालय भक्तपुर नगरपालिकामा रहेको शौचालय स्तर उन्नतीका लागि एक लाख रुपैयाँंको चेक क्लबका अध्यक्ष राजेन्द्रभूषण रंजितकारले भक्तपुर नगरका संंयोजक कृष्णसुन्दर प्रजापतिलाई हस्तान्तरण गरियो।

प्रकाशित: ३२ असार २०७९ ०७:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App