समाज

क्यान्सर पीडित किशोरद्धारा सहयोगको याचना

गुल्मी-रक्त क्यान्सरबाट पीडित गुल्मीका एक किशोरले उपचारका लागि सहयोगको याचना गरेका छन् । रेसुंगा नगरपालिका ११ सिमिचौरका १७ बर्षीय उमानन्द पाण्डेले आफ्नो उपचारमा सघाउन सहयोग याचना गरेका हुन् ।काठमाडौंको न्यूरो अस्पतालमा एक महिनाको उपचार पछि नेपालमा उपचार सम्भव नभएर उनी थप उपचारको लागि अहिले भारतको राजिव गान्धि हस्पिटलमा उपचार गराई रहेका छन् ।

२०७१ सालको एसएलसी परीक्षामा विशिष्ट श्रेणी ल्याएका उनले दश जोड दुईमा विज्ञान विषय पढ्दै थिए । उनले अहिले आफूहरुको आर्थिक अवस्था अत्यन्तै दयनीय भएकोले सबैलाई सहयोगको लागि अपिल गरेका हुन् । उनकी दिदी तथा कलाकार कल्पना कुसुमले आफूहरुसँग भएको सबै आर्थिकले पनि त्यति महंगो उपचार गराउन नसक्ने भएकोले उपचारमा सघाउन अनुरोध गरिन । पाण्डेका बुबा आमा दुबै अहिले भारतमै छन् ।

एक हप्ता देखि आइसियुमै रहेका उनलाई अहिले किमो दिइएको छ । रेसुंगा नगरपालिकाका कार्यकारी निर्देशक बाबुराम पल्लीले उनको उपचारमा सघाउन लिखित रुपमै सबैलाई आग्रह गरेका छन् ।

प्रकाशित: २६ मंसिर २०७२ ०४:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App