समाज

इलामको माङ्सेबुङमा बोलेरो पल्टिँदा तीन जनाको मृत्यु

दुर्घटना भएको गाडी।

इलामको माङ्सेबुङ गाउँपालिका–२ स्थित भित्र सडकमा आज (आइतबार) भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। पाँचथरको रविबाट झापाको दमकतर्फ यात्रु लिएर जाँदैगरेको मे १ ज ४८७ नम्बरकाे  बोलेरो सडकबाट खसेर दुर्घटना भएको हो।

दुर्घटनामा पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ का ६५ वर्षे हिमप्रसाद लावती, त्यहींकी ६० वर्षीया पदमकुमार लावती र इलामको माङ्सेबुङ गाउँपालिका–६ का ५० वर्षे प्रकाश राईको मृत्यु भएको प्रहरीले जनाएको छ।  

जिल्ला प्रहरी कार्यालयका अनुसार हिमप्रसाद र प्रकाशको घटनास्थलमै र पदमकुमारीको उपचारका लागि अस्पताल लैजानेक्रममा बाटोमा मृत्यु भएको हो। गाडीमा अन्य यात्रु नरहेको प्रहरीको भनाइ छ। गाडी आफैं अनियन्त्रित भइ दुर्घटना भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ असार २०७९ ११:२५ आइतबार