'उक्त २२ किमी सडककोलागि लगभग ३३ करोड रूपैयाँ खर्च लाग्ने देखिन्छ,' उनले भने, 'उक्त बजेट निकासा भएमा अबको एक वर्षमा भारत र चीन जोडिन्छ।' उनले पुल र कल्र्भट बाहेक उक्त रकम लाग्ने बताए। ट्रयाक खोलिइसकेको भएपनि वर्षायाममा समेत बाटो संचालन गर्नको लागि अरु ४÷५ करोड खर्च लाग्ने अनुमान गरिएको भट्टराईले बताए । रिडी देखि पालुङखोला सम्मको खण्डमा ४१ करोड ५६ लाख खर्च भइसकेको छ भने मालढुंगा–टाकुरेमा १५ करोड बजेटमा काम भइरहेको छ। नेपाली सेनाले अहिले सम्म यस सडकमा ५६ करोड ६४ लाख खर्च भएको जनाएको हो ।
कालिगण्डकी करिडोरमा काट्नै नसक्ने पहाड तथा चट्टान भएपछि सरकारले उक्त काम सेनालाई लगाएको थियो। सेनाले ब्लाष्टिङसहित काम गरिरहेको छ। सेनाले गुल्मीको एकदमै अप्ठ्यारो भीर मानिने साँघुरेमा ५ करोड ८० लाख खर्च गरेर पहाड फुटाएको थियो। रुद्राबेणी पालुङखोला खण्डमा ३६ करोड भन्दा बढी खर्च गरेको जनाएको छ । सेनाले यो सडक अन्तर्गत बकेवा भीरका ६ खण्ड, बरगरे भीर, थपनी भीर, लत्रे भीर, बग्दीखोला भीर, मौरी भीर, मुल्का भीर, पुर्तिघाट भीर, घुमाउने भीर, बरल्वाभीर लगायतका ठाउँमा कडा मेहनत परेको जनाएको छ । खड्कोटको पालुङखोलामा पहिलो पटक बस पु¥याएर क्षेत्र नम्बर १ का सभासद कृष्ण छन्तेलले खर्वेनी–पलुङखोला खण्डको उद्घाटन गरेका हुन् ।
गैंडाकोट नबलपरासीबाट पाल्पा, गुल्मी, बाग्लुङ, म्याग्दी, मुस्ताङ हुँदै कूल ३ सय ६९ किलोमिटरको लम्बाईमा यो सडकले भारत र चीनलाई जोड्ने छ। उक्त करिडोर जोडिएसँगै कालीगण्डकीको धार्मिक महिमाको प्रचार प्रसारमा टेवा पुग्ने स्थानीयहरूको भनाइ छ। गुल्मीमा करिडोरले ४२ किलोमिटर ओगट्ने छ भने यो नै भारत र चीन जोड्ने सबै भन्दा छोटो र सजिलो बाटो हुने कालीगण्डकी करिडोर केन्द्रीय सरोकार समितिका प्रवक्ता टिकाराम ढकालले बताए । पालुङखोला देखि बाग्लुङको टाकुरे सम्मको २२ किमी सडक बाहेक करिडोरको सबै क्षेत्रमा ट्रयाक खुलिसकेको छ ।
प्रकाशित: २८ आश्विन २०७२ ०४:१३ बिहीबार