समाज

भारतीय नागरिकलाई नक्कली बावु बनेर नागरिकता दिलाउन खोजेको आरोपमा ३ जना पक्राउ

भारतीय नागरिकलाई नक्कली बावु बनेर नागरिकता दिलाउन खोजेको आरोपमा कपिलवस्तुमा ३ जना पक्राउ परेका छन्।

कपिलवस्तुको इलाका प्रशासन कार्यालय चन्द्रोटामा नागरिकताको कागजातसहित गैर नेपाली नागरिकलाई नागरिकता बनाउन आएका ३ जनालाई प्रहरीले पक्राउ हो। शिवराज नगरपालिकाका दयाराम गडरियाले भारतिय नागरिक रामु गडहीराको नक्कली बुवा बनेर नागरिकता बनाउन कागजात पेश गरेका थिए।

जिल्ला प्रहरी कार्यालय अनुसार प्रक्राउ पर्नेमा शिवराज नगरपालिका वडा नं ३ कटुवा बस्ने वर्ष ४० का दयाराम गडरिया, भारतीय नागरिक वर्ष १७ का रामु गडरिया र नागरिकता बनाउने कार्यमा सहयोग गर्न आएका शिवराज नगरपालिका वडा नं १० लालपुर बस्ने वर्ष २२ का अयोध्या पाल रहेका छन्। प्रहरी नायब उपरीक्षक जेसी शाले पक्राउ परेक तीनै जनालाई वडा प्रहरी कार्यालय चन्द्रौटामा राखी थप अनुसान्धान भैरहेको बताए।

नागरिकता ऐनको दफा २१ को १ मा उल्लेख भए बमोजिम विदेशीले नेपाली नागरिक भएको दाबी गरी नागरिकता लिने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ। त्यस्तै दफा २१ कै उपदफा २ मा नागरिकता दिलाउन सनाखत या सिफारिस गर्नेलाई ६ महिनादेखि एक वर्षसम्म कैद वा २५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने उल्लेख छ।

प्रकाशित: २५ जेष्ठ २०७९ ०५:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App