समाज

करेन्ट लागेर भक्तपुरमा एक जनाको मृत्यु

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. १ मनहरा सुकुम्बासी वस्तीमा करेन्ट लागेर शनिबार एक जनाको मृत्यु भएको छ। सो स्थानमा बस्ने वर्ष ५२ को दिलबहादुर तामाङले बनाउँदै गरेको आफ्नै १ तले घरको ढलानको तार मिलाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएका थिए।

घाइते भएपछि उपचारको लागि समिट अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए। 

प्रकाशित: २१ जेष्ठ २०७९ १२:५२ शनिबार

मध्यपुर ठिमी नगरपालिका भक्तपुर