समाज

डडेलधुरामा बृहत सद्भाव र्याली

डडेल्धुरा– देशका विभिन्न स्थानमा सामाजिक सद्भाव बित्थोल्ने खालका गतिविधि भइरहेको अवस्थामा डडेल्धुरामा सदभाव र्यालीको आयोजना गरिएको छ।


शान्ती समिति डडेल्धुराको आयोजनाको बुधबार बिहान सद्भाव र्यालीको आयोजना गरिएको छ। 'नेपाली–नेपाली, हाम्रो नेपाल' भन्ने नारासहित वृहत् सद्भाव र्याली आयोजना गरिएको हो। र्यालीमा सयौंको संख्यामा स्थानीयबासी, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, संचारकर्मीलगायतको सहभागिता थियो।

सद्भाव र्यालीले डडेल्धुराको तुफानडाडाँ, बागबजार, खंलगालगायत क्षेत्रमा परिक्रमा गरेको छ। सबै मिलेर शान्ती र सद्भाव फैलाउने तर्फ लाग्नु पर्ने भएकाले सबैले मिलेर सद्भाव काम गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुर्इंटेलले बताए।

देशमा शान्ती र अमनचयनसँगै विभिन्न समुदायबीच भइरहेको सद्भाव बिथोलिने क्रियाकलापलाई निरुत्साहित गर्न डडेल्धुरामा वृहत सद्भाव र्याली आयोजना गरिएको शान्ती समिति संयोजक लालबहादुर ऐरीले बताए।

प्रकाशित: ८ भाद्र २०७२ २३:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App