समाज

मतगणना स्थलमा प्रहरीद्वारा २५ राउण्ड हवाई फायर

धनुषाको धनौजी गाउँपालिका लखौरी मतदान केन्द्रमा खसेको मतपत्र भन्दा बढी मतपत्र पाएपछि विवाद भएको छ।

वडा नम्बर-१ को मतगणना हुँदा खसेको भन्दा बढी मतपत्र पाइएको स्थानीयले आरोप लगाएपछि विवाद उत्पन्न भएको हो। निर्वाचन अधिकृत कार्यलयविरुद्धमा स्थानीयले आन्दोलनमा उत्रिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन २५ राउण्ड हवाई फायर र १ राउण्ड अश्रुग्यास प्रहार गरेको हो।

धनौजीको लखौरी केन्द्रमा कुल एक हजार ६८९ मत खसेको निर्वाचन अधिकृत कार्यलयले जनाइएको थियो। तर गणना हुँदा मतपेटिकामा खसेको मत भन्दा १५ मतपत्र बढी पाइएको हो। मतपेटिका परिवर्तन गरिएको भन्दै अहिले स्थानीयले प्रदर्शनमा उत्रेपछि अहिले मतगणना स्थगित गरिएको छ।

प्रकाशित: २ जेष्ठ २०७९ ११:२० सोमबार

धनुषाको धनौजी गाउँपालिका