समाज

मोरङमा निर्वाचन अवधिभर मदिरा निषेध

मोरङमा मंगलबार रातीदेखि चुनावको परिणाम घोषणा नभएसम्मका लागि मदिरा ओसार पसार, बिक्रि वितरण र सेवनमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङले सूचना प्रकाशित गरी मोरङमा मंगलबार रातीदेखि निर्वाचनको मत परिणाम सार्वजनिक नभएसम्मका लागि मादक पदार्थ बिक्री, वितरण र सेवन निषेध गरिएको जनाएको हो।

मोरङका प्रमुख जिल्ला अधिकारी काँसिराज दाहालले मंगलबार राती १२ बजेदेखि निर्वाचनको मतपरिणाम घोषणा नभएसम्मका लागि मादक पदार्थ ओसार पसार, बिक्री बितरण र सेवन निषेध गरिएको हुँदा आदेशको बर्खिलाप गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने बताए।

प्रकाशित: २७ वैशाख २०७९ ०८:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App