समाज

वडाध्यक्षका उम्मेदवारद्वारा आत्महत्या

सुनसरी रामधुनी वडा नं. ८ बाट वडाध्यक्षका उम्मेदवारी गणेश पौडेलले आत्माहत्या गरेका छन्। स्वतन्त्रबाट वडाध्यक्षका उम्मेदवार रहेका पौडेलको शनिबार बिहान घर नजिकै आपको रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

उनले आत्माहत्या गर्नुमा आफ्नै कारण रहेको सुसाइड नोटमा उल्लेख गरेका छन्। ‘आफू मृत्यु हुनुमा आफ्नै कारण' भएको सुसाइड नोटमा उल्लेख छ। त्यहाँ 'समवेदना व्यक्त नगर्नु र झण्डा पनि नओढाउनु भनेर उल्लेख छ,’ जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले भने। पौडेल नेपाली कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए।

तीन दिनअघि उनी हराएको प्रहरी कार्यालयमा उजुरी समेत परेको थियो। एक दिनसम्म बेपत्ता भएर भोलिपल्ट उनी झुम्का आफन्तको घरमा पुगेका थिए। त्यसबारे उनीसँग सोधीखोजी गर्न उनलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय पनि बोलाएको थियो। ‘प्रहरीमा ल्याएर सोधीखोजी गर्दा आफूले उम्मेदवारी दिएदेखि नै निकै तनाव र छटपट्टी भएको जवाफ दिनुभएको थियो,’ उनले भने।

प्रकाशित: २४ वैशाख २०७९ १२:३४ शनिबार

उम्मेदवारी गणेश पौडेलले आत्माहत्या