समाज

नोबेल अस्पताल अगाडि चिकित्सक मृत फेला

विराटनगर नोबेल अस्पतालमा कार्यरत एक चिकित्सक मृत फेला परेका छन्। सप्तरीको राजविराज घर भई  विराटनगरमा बस्दै आएका २८ वर्षीय विजय यादव आज बिहान नोबेल अस्पताल अगाडि मृत भेटिएका हुन्।

उनी मृत अवस्थामा भेटिएको स्थानीयले जानकारी गराए लगत्तै अहिले घटनास्थलमा मोरङ प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको छ। मृतकका आफन्तले चिकित्सक यादवको हत्या भएको भन्दै घटनामा संलग्नलाई कारबाही गरिनुपर्ने मागसहित नाराबाजी गरेका छन्।

एमबीबीएस चिकित्सक यादव नोबेल अस्पताल तीन वर्षदेखि काम गर्दै आएका थिए। उनी अर्थोपेडिक वार्डमा कार्यरत थिए।

प्रकाशित: १९ चैत्र २०७८ ०४:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App